Logo
Logo

काग्रेस संसदले प्रधानमन्त्री ओलीलाई झूटप्रसाद भनेपछि नेकपा सांसदले भने शेरबहादुरलाई छेरबहादुर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ९ अषाढ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेकोका नेकपा सांसदले आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद उमकान्त चौधरीले प्रधानमन्त्रीलाई झूटप्रसाद ओली भनेका थिए । सभामुखसँग समय लिएर नेकपा सांसद झपट रावलले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बिगारेर छेरबहादुर देउवा भनेमा के हुन्छ भन्दै प्रश्न गरेका हुन् ।

सरकारले काण्डै काण्ड मच्चाएको उनले टिप्पणी पनि गरे। ‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको काम कारवाही हेर्दा उहाँले सधैं झुटको आश्वसन दिने भएकोले अब उहाँको नाम झुटप्रसाद ओली उपनाम दिँदैमा केही फरक पर्ने वाला छैन’ चौधरीले भने।

चौधरीको भनाई लगत्तै संसदमा नेकपाका सांसद झपट रावलले नियमापत्ति गरे। उनले प्रधानमन्त्रीको नाम बिगारिएकोमा आपत्ति त जनाए तर आफैँले भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नाम बिगारिदिए।

माननीयज्यूले सम्मानीय प्रधानमन्त्रीको नाम बिगारेर करप्रसाद र झुठप्रसाद भन्नु भएको छ’, रावलले भने, ‘प्रधानमन्त्रीको नाम बिगारेर सम्बोधन गर्नु भएको छ। हामी नेपाली जनताको प्रतिनिधिले प्रयोग गर्ने भाषा शैलीबारे नेपाली जनताले चनाखो परेर हेरिरहनु भएको छ।’ उनले थप्दै भने ‘पूर्व प्रधानमन्त्री एवम् प्रतिपक्षी दलको नेता हामीले सम्मान गर्ने व्यक्ति शेरबहादुर देउवालाई छेरबहादुर भन्न बाध्य भयौँ भने के हुन्छ। भनी प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्