Logo
Logo

किसान ठगेर स्वीस बैंकमा डलर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नेपालमा केही यस्ता व्यवसायी छन् जसले आफ्नो अनुकुल नियम कानून नै संशोधन गर्न सक्दछन् । तिनैमध्ये एक हुन् व्यवसायी शशीकान्त अग्रवाल ।

उनै अग्रवालले नेपालमा किसान ठगेर विदेशमा सम्पति थुपार्दै आएका छन् । स्वीस बैंकमा पैसा लुकाउने व्यवसायीमध्ये उनी एक हुन् । तर, उनको अवैध सम्पतिमाथि छानबिन हुनसकेको छैन ।

नेपालमा उखु किसानलाई ठगेको मुद्दामा समेत उनीमाथि कुनै कारबाही हुन सकेको छैन । उनीविरुद्ध गत वर्ष प्रहरीले पक्राउ पूर्जी समेत जारी ग¥यो, तर पक्राउ परेनन् । किनकि उच्च राजनीतिक तहमा उनको निकै राम्रो सम्बन्ध छ । चिनी उद्योग संघका अध्यक्ष रहेका अग्रवालले १० अर्ब रुपैयाँ भन्दा धेरै रकम किसानलाई तिर्न बाँकी छ । वर्षाैसम्म पनि भुक्तानी नदिएपछि गत वर्ष वाणिज्य मन्त्रालयले उनलाई पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएको थियो । उखु किसानको पैसा नतिरी उनले किसानको पसिनाबाट कमाएको धन भने स्वीस बैंकमा थुपारेका थिए । त्यही पैसा अवैध रुपमा भित्र्याएर मेरियट ब्राण्डका होटल लगायत क्षेत्रमा उनले लगानी गरेका छन् । उनले उखु किसानको नाममा ६ अर्बभन्दा बढी भ्याट राज्यबाट फिर्ता लिएका छन् । ओली सरकारले भ्याटफिर्ताको ब्यवस्था हटाएपछि उनले चिनी आयात रोकी भारतको तस्करीको चिनी भित्र्याएर नेपालमा उत्पादित भन्दै ब्रम्हलुट मच्चाउँदैआएका छन् ।

भारतबाट चिनी आयात रोक्न लगाउने र चिनीको मूल्य बढाउने धन्दामा पनि उनी संलग्न छन् । यो वर्ष पनि त्यस्तै भएको थियो । पछि प्रधानमन्त्रीले नै आफूहरुलाई व्यवसायीहरुले भ्रममा पारेको बताएका थिए ।

त्यसो त उनका छोरा उमंग अग्रवाल समेत विवादास्पद व्यवसायमा छन् । नेपालमा नुनको आयात साल्ट ट्रेडिङ कर्पाेरेशनले मात्र गर्न पाउँछ । तर, उमंगले मिलेनिया ग्लोबल कम्पनीमार्फत् यस्तो काम गर्दै आएका छन् ।

अग्रवालले राजस्व छली गरेको आरोपमा एक महिनाअघि राजस्व अनुसन्धान विभागले उनको कार्यालयबाट खातापाता जफत गरेको थियो । तर प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई फोन गरी उक्त खातापाता तुरुन्त फर्काउन निर्देशन दिएका थिए । मैनालीले अभिलेख नै नराखी उनका खातापाता फिर्ता गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्