Logo
Logo

रत्न तथा आभूषण संघको साधरणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल रत्न तथा आभुषण संघको १५ औँ बार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाको सभापतित्व संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, सङ्घका प्रथम उपाध्यक्ष सुमनमान ताम्राकार लगाायत, बैंकर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना लगायत अतिथि थिए । कार्यक्रममा गर्भनर नेपालले स्रोत खुलेको सम्पत्ति मात्र बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्न सकिने बताउँदै स्रोत नखुलेको सम्पत्ति राख्नेलाई कुनै पनि देशले आर्थिक एवं विकास सहायता र ऋणसमेत नदिने बताए ।

केही वर्षअघिसम्म नेपाल अन्तर्रा्ष्ट्रिय वित्तीय कार्यदलको सूचीमा जोखिमयुक्त देशमा रहेको र सम्पत्ति शुद्धीकरणसम्बन्धी सबै प्रावधान सन् २०२० भित्रमा पूरा गर्ने नेपालको प्रतिबद्धता रहेकाले स्रोत नखुलेको सम्पत्तिका हकदार कारवाहीका भागी हुने गभर्नर डा चिरञ्जीवी नेपालले बताए । कालोधन राष्ट्रलाई कदापि मान्य नहुने उनको भनाई थियो ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले बहुमूल्य धातुको कारोवारलाई लेखा पद्धतिअनुसार कारोवार गर्न सङ्घका पदाधिकारीलाई आग्रह गरे ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले सुनचाँदीका गरगहनामा प्रयोग हुने बहुमूल्य रत्न नेपालमा पर्याप्त मात्रामा पाइने चर्चा गर्दै त्यसलाई प्रबर्ध्दन गर्न सरकारले आगामी वर्षको बजेटमा प्रशोधन केन्द्र स्थापना गर्ने नीति अवलम्बन गरेको जानकारी गराएका थिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बहुमूल्य धातुको कारोवार गर्ने सबैलाई बैंकिङ क्षेत्रबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै शंकास्पद ग्राहकका कारण सर्वसाधारण झुक्किन नहुनेतर्फ विशेष चनाखो रहन आग्रह गरे । कार्यक्रममा संघको पन्ध्रौँ बार्षिक साधारणसभा स्मारीक समेत विमोचन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्