Logo
Logo

दुर्घटनामा मृत्यु भएका भट्टका परिवारलाई १० लाख


- दृष्टि न्युज/संवाददाता


बैतडी, ११ असार । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गर्ने भएको छ ।
नगरपालिकाको मंगलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै वडा नं ४ का वडाध्यक्षसमेत रहेका स्वर्गीय भट्टको परिवारलाई रु १० लाख दिने निर्णय गरेको हो ।
स्वर्गीय भट्टका छोराछोरीलाई अध्ययन खर्च पनि प्रदान गरिने नगर उपप्रमुख जानकी बमले बताए । प्रत्येक वडाध्यक्षको एक एक महिनाको पारिश्रमिक र नगरपालिकामा कार्यरत कर्मचारीहरुको एक एक दिनको पारिश्रमिक जम्मा गरी अध्ययनन खर्च उपलब्ध गराउने निर्णयसमेत भएका छ ।
गत जेठ २९ गते बुधबार वडा कार्यालयबाट घर जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको असार ५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्