Logo
Logo

काठमाडौं कांग्रेसमा पूर्णता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असार ।  नेपाली कांग्रेस काठमाडौंका उपसभापतिमा विजय माली मनोनीत भएका छन् ।
कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँको अध्यक्षतामा बुधबार बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । उक्त पदमा मनोनयन भएसँगै काठमाडौं कांग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ ।
कार्यसमितिका सचिवमा शंकर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ रहेको का्रग्रेस काठमाडौंका सदस्य युपी लामिछानेले जानकारी दिए । काठमाडौं कांग्रेसले यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्