Logo
Logo

मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ ।

साँझ ६ बजे ना५३प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नम्बरको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नम्बरको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्