Logo
Logo

सहयोगी मनहरुलाई अपिल : संगीतकर्मी केरुङ ‘बचाउँ अभियान’मा हाक्पारे सयङ


- दृष्टि न्युज/संवाददाता


शिक्षण अस्पतालमा उपचार गर्दै केरुङ ।

काठमाडौं, १२ असार । बरिष्ठ संगीतकर्मी तथा कलाकार देउमान केरुङको उपचारका लागि आर्थिक संलकन अभियान सुरु गरिएको छ । नेपाली तथा मौलिक गीतसंगीतको प्रवद्र्धक एवं समाजसेवी समेत रहेका केरुङको हाल काठमाडौंको महारजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकले कलाकार केरुङको उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजिव गान्धी अस्पतालमा रिफर गरेपछि आर्थिक संलकन सुरु गरिएको हो ।
‘देउमान केरुङ उपचार सहयोगार्थ आर्थिक संकलन’ अभियानको संयोजत्व याक्थुङ हाक्पारे पालम सयङले गरेको छ । सयङका महासचिव शैलेन्द्र थेबेका अनुसार आर्थिक अभावका कारण उपचारमा कठिनाइ देखिएकाले आर्थिक संकलन अभियान सुरु गरिएको हो ।
पाँचथर, फालेलुङ गाउँपालिका–२ साबिक एकतीन गाबिस–१ का ५४ बर्षीय केरुङ करिब एक महिनादेखि उपचारत छन् । तर, अहिलेसम्म उपचारमा कुनै सुधार आएको छैन । उपचारमा संग्लन चिकित्सकका अनुसार केरुङको वायाँ पोटोको फोक्सोमा रगत र पानी जमेर गम्भीर प्रकृतिको संक्रमण ‘प्लेयअल इफ्युजन’ देखिएको छ । जसको उपचार शिक्षण अस्पतालमा हुन नसक्ने बताइएको छ ।
लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमार्फत मौलिक कला संस्कृतिको प्रवद्र्धनमा अनवरत रहँदै आएका केरुङ इना क्यासेट म्युजिक फिल्मस् कम्पनीका प्रबन्धकसमेत हुन् । साथै, केरुङ चोत्लुङका संस्थापक अध्यक्षसमेत रहेका केरुङको उपचारमा अहिलेसम्म चार लाख रुपैयाँ खर्च भइरहेको जनाइएको छ ।
सयङका महासचिव तथा आर्थिक संकलन अभियानका संयोजकमध्येका सैलेन्द्र थेबेका अनुसार केरुङको उपचारका लागि नयाँदिल्ली लैजानुको विकल्प छैन । उनले भने, ‘उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । त्यसैले जतिसक्दो चाँडो उपचारमा लैजानु राम्रो हुनेछ ।’ तर, पारिवारिकरुपमा समेत आर्थिक अभाव रहेकाले एक कुसल नेपाली संगीतका प्रवद्र्धक केरुङलाई बचाउन आर्थिक संलकन अभियान सुरु गरिएको संयोजक थेबेले बताए ।
सामाजिक संजाल फेसबुकमार्फत बुधबारदेखि केरुङको उपचार सहयोगार्थ आर्थिक संकलन अभियान सुरु गरिएको हो । अभियानको जिम्मेवारी याक्थुङ हाक्पारे पालम सयङकी अध्यक्ष रुपा आङबुहाङ, महासचिव शैलेन्द्र थेब र सचिव लक्ष्मी योङहाङले लिएका छन् । सहयोग गर्ने इच्छुक सहयोगी हातहरुले यहाँहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ । सयङका कोषाध्यक्ष कोरिया जाने भएकाले आफूहरुले जिम्मा लिएको थेबेले बताए । थेबेका अनुसार अभियान सुरु गरेसँगै रकम जुटन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्