Logo
Logo

सिन्धुलीमा दुर्घटना, ११ घाइते


- दृष्टि न्युज/संवाददाता


सिन्धुली, १२ असार । विपी राजमार्गअन्र्तगत सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित छब्बीस किलो स्थानमा शुक्रबार बिहान उइनर दुर्घटना हुँदा ११ जना घाइते भएका छन ्। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।
गम्भीर घाइते कमलामाई नगरपालिका ४ का समुन्द्र श्रेष्ठकी ३४ वर्षीया श्रीमती सैलिना श्रेष्ठ र उनको ८ वर्षीय छोरा युवन श्रेष्ठलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि सिम्रिक एयरको नाईनएन एएनवीको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहका अनुसार सिन्धुलीबाट काठमाण्डौं गइरहेको ना १ ज ५३०१ नम्बरको विजय किल्ला यातायातको उइनर ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा कमलामाई नगरपालिका ३ का २५ वर्षीय नबराज बम्जन, सोही ठाउँकी ४० वर्षीया खिलमायाँ गुरुङ, कमलामाई नगरपालिका ७ माझीटारकी २९ वर्षीया संगिता तामाङ, ५५ वर्षीया देवकी बस्नेत र कमलामाई नगरपालिका ६ का ५६ वर्षीय भोजराज भण्डारी घाइते भएका छन् ।

यस्तै कमलामाई नगरपालिका ४ ढकालगाउँका ५६ वर्षीया सुकमायाँ विसंख्य र सर्लाही जिल्ला घर भई हाल सिन्धुली बस्दै आएका ६२ वर्षीय सुरेश साह घाइते भएका छन् । उनीहरुको सिन्धुली र खुर्कोटका अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्