Logo
Logo

प्राइभेटमा हैसियत राख्छु तर सरकारीमै पढ्छु : करिश्मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असार । सरकारी एवं सामुदायिक विद्यालयको पढाइ खस्कँदो छ । यस वर्षको एसईई परीक्षाको नतिजाले पनि त्यही प्रष्टाउँछ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको परीक्षाफलअनुसार सरकारी एवं सामुदायिक विद्यालयको परिणाम खस्केको देखिन्छ । तर, नेपाली फिल्मकी सदावहार सुन्दरी अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धरले भने सरकारी विद्यालय पढाइमा कमजोर नरहेको बताएकी छन् ।
‘बि’प्लस ग्रेडसहित एसईई परिक्षा उतिर्ण गरेकी करिश्माले परिक्षाफल प्रकाशित भएपछि भनिन्, ‘मैले सुरुबाटै सरकारी बिद्यालय पढ्ने निर्णय गरेकी हुँ ।’ उनले एसईई प्राइभेट बिद्यालयबाट गर्दा केही गलत भएको भन्दै सरकारी बिद्यालय रोज्ने बताइन् ।
करिब तीन दशक फिल्म अभिनयमै विताएकी करिुश्माले अब व्यवस्थापन संकाय या मानविकी संकाय लिएर क्याम्पस पढ्न सोच बनाएकी छन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘आगामी दिनमा अझ मिहिनेतका साथ पढाइमा ध्यान दिने हो ।’
सरकारी र प्राइभेट बिद्यालयबीचको खाडल पुर्नलाई समेत सरकारी बिद्यालय जान चाहेको उनको भनाइ छ । उनले भनिन्, ‘प्राइभेट र नसक्नेले सरकारी भन्ने आमजनमानसको बिचार म तोड्न चाहन्छु । म प्राइभेट पढ्ने हैसियत राख्छु तर सरकारी नै रोजेर परिवर्तनको उद्घोष गर्न चाहन्छु ।’
अभिनेत्री मानन्धरले ८ कक्षामा त्रिवेणी पब्लिक बोर्डिङ स्कुलबाट अध्ययन सुरु गरेकी हुन् । डिल्लीबजारस्थित विजय स्मारक माविको सेन्टरबाट एसईई परीक्षा दिएकी करिश्मा आफ्नो पढाइलाई लिएर दंग छिन् । त्यसैले पनि अबका दिनमा अझ मिहिनेत गरेर पढ्ने उनको धोको छ ।
करिश्मा ७ कक्षा पढ्दापढ्दै सिने क्षेत्रमा लागेकी थिइन् । उनी फिल्म क्षेत्रमा आउँदा १४ वर्षकी मात्र थिइन् । तर, एकपछि अर्को चलचित्रमा प्रशंसा पाउन थालेपछि पढाइ छाढेर उनी फिल्ममै व्यस्त भइन् । सुन्दर रुप अनि अभिनयका कारण फिल्म दुनियाँ जादू चलाएकी करिश्मा पढाइमा पनि तेजिलो छिन् भन्ने यसपटकको एसईई परीक्षाको नतिजाले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्