Logo
Logo

‘विश्व क्याम्पियन’ लिएर नेपाली टोली बैंककमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असार । नेपाललगायत विश्वका आदिवासीको भाषा, संस्कृति र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यसहित विश्व क्याम्पियन कार्यक्रम लिएर एक नेपाली टोली शुक्रबार बैंकक प्रस्थान गरेका छन् ।
काठमाडौंबाट सुरु भएको क्याम्पियन थाइल्याण्डको बैंकक हुँदै विश्वका विभिन्न मुलुकमा हुने बताइएको छ । द हाइल्याण्ड आर्ट र सजिलो न्युजडटकम मुख्य आयोजक रहेको भाषा तथा संस्कृतिबारे क्याम्पियन टोलीमा प्रोजेक्ट मेनेजर अर्पण बम ठकुरी, सजिलोन्यजका अध्यक्ष गुमानसिं लिम्बू, कार्यक्रम को–अडिनेटर आस्था लिम्बू मेन्याङ्बोलगायत १० जना रहेका छन् । यो टोलीकाले बैंककका विभिन्न निकाय, संघसंस्था र कुटनीतिक नियोगको समन्यवमा कार्यक्रम गर्नेछन् ।


कार्यक्रम बंैककस्थित एजेन्सन युनिर्भसिटीमा यही आइतबार हुने कार्यक्रमको मुख्य सल्लाहकार एवं द हाइल्याण्ड आर्टकी प्रोपाइटर कल्पना योङहाङ लिम्बूले बताइन् ।
महिला उद्यमी तथा फेसन डिजाइनरसमेत रहेकी कल्पनाका अनुसार कार्यक्रममा नेपालका आदिवासीहरुको कला, संस्कृति, भेषभूष र रहन–सहनबारे अन्तक्र्रिया गर्नेछन् ।
कार्यक्रममा थाइल्याण्डस्थित गैरआवासीय नेपाल संघ (एनआरएन), नेपाली दूतावास, युनिसेफ र विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्