Logo
Logo

जापानमा सी र ट्रम्पबीच भेटवार्ता : सहकार्यका लागि छलफल भएको सीको भनाइ


- दृष्टि न्युज/संवाददाता


ओसाका, १४ असार (सिन्ह्वा) । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ । दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन यो भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास थियो ।
पूर्वनिर्धारित समयतालिका अनुसार नै भएको सो भेटवार्ता जापानमा भइरहेको जि २० शिखर सम्मेलनको बेलामा भएको हो । ‘सहकार्य र एक आपसको मिलनले चीन र अमेरिका दुवैलाई फाईदा भएको छ, यसलाई अझ राम्रो बनाउदै लैजाने बारेमा छलफल भएको छ’ बैठकपछि चिनियाँ राष्ट्रपति सीले भने । उनले दुई देशको सम्वन्ध बलियो बनाउने बाहेक अन्य विषयमा खासै छलफल नभएको पनि जानकारी दिए ।
बीस वटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरेका थिए । े सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुगेका थिए । सो सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यहाँ पुगेका छन् ।
समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका विषयमा पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ । विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ ।
त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ । सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिनुभएको थियो ।

अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन् । यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरु देशहरुलाई पनि असर पारिरहेको बताइन्छ । त्यसैले जि–२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ । जि–२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्