Logo
Logo

चोरीको २६ मोटरसाइकलसहित चार पक्राउ


- दृष्टि न्युज/संवाददाता


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका २६ मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज भरतपुर महानगरपालिका वडा नं २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि देशका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ ।

पक्राउपर्नेमा चितवनका रोहित श्रेष्ठ, बाराका कृष्ण शाह र महावीर चौधरी तथा भारतीय नागरिक राजा कुमार रहेका छन् । प्रहरीले वर्कशपबाट २६ वटा विभिन्न कम्पनीका मोटरसाइकल, इञ्जिन नभएका च्यासिस आठ थान, विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान ब्लुबुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

श्रेष्ठले चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखि गुण्डा नाइकेसम्म सेटिङ मिलाएर मोटरसाइकलको अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्