Logo

भण्डारी हत्याबारे प्रचण्डको प्रश्नः यो–यो संलग्न थिए भनेर प्रमाणसाथ किटेर किन भन्न सकेका छैनौँ ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
अध्यक्ष प्रचण्डले मदन भण्डारीको रहस्यमय हत्याकाण्डको दोषी पत्ता नलाग्नुमा सरकार र पार्टीकै कमजोरी रहेको औँल्याए । हत्यारा पत्ता लाग्दा अर्को कुनै त्यस्तै दुर्घटनाको खतरा दोहोरिने भएका कारण त्यस्तो स्थिति देखिएको हुन सक्ने उनको भनाई थियो ।

‘मदनको हत्या भयानक डिजाइनअन्तर्गत भएको हो भन्ने हामी सबैलाई लागेको छ, तर हामीले आजको मितिसम्म हत्यारो फलानो नै हो या यो यो संलग्न थिए भन्ने प्रणाण किटेर भन्न सकेका छैनौ, हामीलाई विदेशी शक्ति हो कि देशभित्रकै तत्व यो हो कि, त्यो हो भन्ने लाग्छ, तर नाम लिएर भन्ने स्थिति छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रचण्डले भने, ‘फेरि त्यस्तो घटना दोहोरिँदैन भन्ने सुनिश्चितता गर्न सकेका छैनौँ । अर्कोतिर फेरि नदोहोरियोस् भनेर छाला जोउनेतिरै लाग्ने खतरा पैदा भएको छ । किनभने दोषी पत्ता लगाएर जनताबीच ल्याउँदा हामीले छाला जोगाउनु पदैन, होइन रु भन्ने प्रश्न त्यहाँनेर उठ्छ ।

प्रतिक्रिया दिनुहोस्