Logo
Logo

काठमाडौंको सुकेधारामा हिमालयन बैंकको ५९औँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका- ४, सुकेधारमा ५९औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच शाखाको उद्घाटन गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको दाबी गर्दै नयाँ शाखा कार्यालय मार्फत अत्याधुनिक बैंकिङ सेवा सुविधा दिने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समृद्धिका लागि साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्