Logo
Logo

धनगढीको सिपी र वीरगञ्जको वयोधामा एनआईसी एशियाका कर्मचारी र ग्राहकलाई छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले वीरगञ्जको नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ । सम्झौताअनुसार, नारायणी वयोधा हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा पाउनेछन् ।

बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र स्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसैगरी एनआईसी एशिया बैंकका ग्राहकले धनगढीको सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटकबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।

मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकले करिब १६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्