Logo
Logo

‘सानो मन’को ठूलो आशा


- दृष्टि न्युज/संवाददाता


चितवन, १५ असार । चलचित्र ‘सानो मन’ युनिट यतिबेला चलचित्रको प्रचारप्रसारका लागि मोफसल यात्रामा छ ।
२७ असारबाट मुलुकका सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रको युनिटले चितवनका पत्रकारबीच अन्तक्रिया गर्दै २० असारमा भनिएको अब २७ असारमा मात्र आउने जानकारी गराएको छ ।
चलचित्रकी मुख्य नायिका शिल्पा मास्के ,कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले सानो मनको बारेमा प्रकाश पारे । शिल्पा मास्केले यस चलचित्रमा आफुले निकै मिहिनेत गरेको र चलचित्र दर्शकलाई मन पर्ने जिकिर गरिन् ।
पत्रकार भेटघाटमा नायिका शिल्पा मास्के आफु लण्डन बसेर बिदेशी फिल्ममा समेत काम गरेको अनुभब सुनाउदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली फिल्ममा अभिनय गरेको जानकारी गराइन् । कथाबस्तु प्रभावशाली लागेर आफुले चलचित्र सानो मनमा काम गरेको र आफ्नो तर्फबाट सकेको काम गरेको बताउँदै अब दर्शक चलचित्र हेरेर मुल्यांकन गर्ने उनले बताइन् ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘सानो मन’ युष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाललगायतका कलाकारकोअभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्