Logo
Logo

यी १४ कलाकारलाई विकास बोर्डले सम्मान गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार । चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिक उत्सबको अवसरमा १४ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’बाट सम्मान गर्दैछ । सोमबार एक कार्यक्रमबीच उनीहरुलाई सम्मान प्रदान गरिने बोर्डले जनाएको छ ।
त्यस्तै, चार चलचित्र भवनलाई विशिष्ट योगदान सम्मान, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई समेतलाई सम्मानित गर्ने भएको छ ।
नेपाली चलचित्र क्षेत्रमा २० देखि ५० को दशकसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका अग्रणी चलचित्रकर्मीहरुलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको विकास बोर्डले जनाएको छ ।
५० को दशकसम्म नेपाली चलचित्र क्षेत्रलाई डोहो¥याएर अघि बढाउन महत्वपूर्ण योगदान दिने अग्रज चलचित्रकर्मीलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्न लागिएको हो ।
नेपाली चलचित्रको सुरुवातदेखि अहिलेसम्म पनि निरन्तर योगदान पु¥याएको ठहरसहित निर्देशकबाट बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको छ । अभिनेतातर्फ २०३० को दशकदेखि अहिलेसम्म पनि चलचित्र क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएका अभिनेता शिव श्रेष्ठ र भुवन केसीलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ ।
त्यस्तै, नायिकातर्फ पहिलो नेपाली चलचित्र ‘आमा’बाट अभिनययात्रा सुरु गरेर अहिलेसम्म निरन्तर योगदान गर्दै आएकी अभिनेत्री भुवन चन्दलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिँदैछ ।
यस्तै, संगीततर्फ २०४० को दशकबाट अहिलेसम्म ३ सयभन्दा बढी नेपाली चलचित्रमा संगीत दिन सफल संगीतकार शम्भुजीत बासकोटालाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने जनाइएको छ । नृत्य निर्देशनतर्फ २०३० को दशकदेखि अहिलेसम्म निरन्तर नृत्य निर्देशन गर्दै आएका बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्वकलाकारतर्फ राजेन्द्र खड्गीलाई सम्मानबाट सम्मान गरिने बोर्डले जनाएको छ ।
यस्तै, प्राविधिकतर्फ बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, ध्वनीतर्फ ध्वनी विज्ञ प्रदीपकुमार उपाध्याय, चलचित्र निर्माणतर्फ छविराज ओझा र पोष्टर डिजाइनमा सुन्दर श्रेष्ठलाई सम्मानीत गर्ने भएको छ ।
यस्तै, चलचित्र पत्रकारितातर्फ बिजयरत्न तुलाधार, विज्ञापन निर्माणतर्फ निर्मलराज पौडेल र नेपालीभाषा, साहित्य, कला, संस्कृति र भूगोललाई अन्तर्राष्ट्रियजगतमा परिचित गराउन योगदान पु¥याएबापत जापानी नागरिक डा. तोसिआकीइतोहलाई विशेष सम्मान प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्