Logo
Logo

उत्तर कोरियामा टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियामा पाइला टेक्नो पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । ट्रम्प र कोरियाली प्रमुख नेता किम जोन उनबीच आइतबार सीमास्थित सैन्य निसश्त्रिकृत क्षेत्र पानमुनजोममा किमसँग संक्षिप्त भेट भएको हो भेटमा दुवै नेताले हात मिलाएका थिए । यसअघि सिगांपुरमा दुई नेताबीच भेट भएपनि वार्ता हुन सकेको थिएन ।
सोलमा ट्रम्पसहित आयोजित पत्रकार सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले सिमा क्षेत्रमा ‘शान्तिका लागि हात मिलाउने’ उल्लेख गरेका थिए।

जापानको ओसाकामा जारी जी–२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाकामा रहेका ट्रम्प शनिबारदेखि दुई दिनको यात्राका लागि दक्षिण कोरियाको राजधानी सोलमा छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार राष्ट्रपति ट्रम्पले अचानक किम जोङ उनलाई भेटको प्रस्ताव गरेका थिए।
ट्रम्पले लेखेका थिए, ‘केही महत्वपूर्ण भेट, जसमा चीनका राष्ट्रपति सीसहितको भेटपछि अब दक्षिण कोरिया जाँदैछु। यदि चेयरम्यान किम जोङ उनले चाहे हामी सीमामा हात मिलाउन सक्छौं। हेलो भन्न सक्छौं।’ त्यहीअनुसार उनीहरुबीच आकस्मिक रुपमा भेट सम्बन्ध भएको हो ।
जपानको ओसाकामा सम्पन्न जी–२० सम्मेलनका क्रममा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले शनिबार बिहानै किमसँगको भेट हुनेबारे सोचेको बताएका थिए। साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको साथ उनले लञ्च गरेका थिए। पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘यदि उनी उक्त स्थानमा भएमा हामी दुई मिनेट भेट गर्नेछौं। यो राम्रै हुनेछ।’

प्रतिक्रिया दिनुहोस्