Logo
Logo

आईफाको खर्च : कसको भागमा कति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १६ अषाढ ।

नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९ (आइफा) गर्ने योजना बनाएको छ ।

अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड्स (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर ९४४करोड रुपैयाँ० खर्च गर्ने छ। काइन्ड्स सपोर्ट अन्तर्गत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ। क्यास अन्तरगतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड आफैँले गर्ने छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

कस्को खर्च कति?

कस्को खर्च कति? बोर्डका अनुसार आइफामा सहभागी हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागी हुनेछन्। उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल (हान)ले गर्ने भनिएको छ। कलाकारको स्तर मूल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ। कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन्। उनीहरूले १४ सय कोठा प्रयोग गर्ने छन्।

प्रत्येक कोठाको मूल्य सरदरमा ६०० डलर पर्ने भनिएको छ। यस आधारमा होटल खर्च मात्रै ८ करोड ४० लाख रुपैयाँ खर्च हुनेछ। ६०० सय कलाकारको आतेजाते जहाज भाडा नेपाल एयर लाइन्सले नै व्यहोर्नछ। कार्यक्रममा सहभागी कलाकार बिजनेश क्लासमा नै आउनेछन्। भारतको तीन वटै सहरमा बिजनेश क्लासको एक तर्फी भाडा सरदर ३५ हजार रुपैयाँ छ। यो आधारमा नेपाल एयर लाइन्सको ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ। काठमाडौंमा उत्रि सकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधा सम्पन्न गाडीको आवश्यकता पर्ने हुन्छ। यसको सम्पुर्ण व्यवस्था गर्ने जिम्ममा नाडा अटो मोबाइल्स डिलर्सलाई दिने भनिएको छ।

यसका लागि उसले उपत्यका भित्र रहेका सो रुमका गाडी प्रयोग गर्ने छ। यो प्रयोजनमा कम्पतीमा ४०० वटा गाडी प्रयोग हुनेछन् । प्रत्येक गाडीको भाडा प्रति दिन कम्तीमा ३० हजार रुपैयाँ लाग्नेछ । यो आधारमा नाडाको ३ करोड ६० लाख रुपैयाँ खर्च हुने छ। मुख्य आयोजक बोर्ड र सहअयोजक काठमाडौं महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रुपैयाँ भने मञ्च निर्माणमा प्रयोग हुनेछ। मञ्च निर्माणका लागि दुबईबाट अत्याधुनिक र सुविधा सम्पन्न डोम ल्याउने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्