Logo
Logo

नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १६ अषाढ ।

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा (नासु) ललितकुमार झा र उनकी पत्नी सुचितादेवी झाविरुद्ध ‘अकुत’ अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुविरुद्ध एक करोड ५६ लाख ७९ हजार रुपैयाँ भ्रष्टाचारको बिगो दाबीसहित मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया दिनुहोस्