Logo
Logo

१२ लाखको सुपारी छोरीले नै गराइन आमाको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईको मंगलबार भएको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा ईश्वरी र सिरहा विष्णुपुर १ घर भएका भक्तपुरको पुरानो ठिमी बस्दै आएका नौसाद बीचको सम्बन्धका बारेमा आमालाई थाहा भए पछि छोरीले नै नौसादसँग सल्लाह गरी १२ लाखको सुपारी दिने सहमति भएको खुलेको छ। नौसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर हत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताएका छन ।

‘आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्