Logo
Logo

संखुवासभामा प्रहरी र विप्लव समुहबीच गोली हानाहान, काठमाडौंबाट थप प्रहरी पठायो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । संखुवासभामा नेत्रविक्रम चन्द समूह र प्रहरीबीच दोहारो फायरिङ भएको छ । सोमबार बिहान सिसुवाटारमा दोहोरो फायरिङ भएपछि प्रहरी प्रधान कार्यलयले नेपाली सेनाको एमआई–१७ हेलीकप्टरबाट थप प्रहरी टोली पठाएको छ । प्रहरीको २५ जनाको टोली सोमाबार दिउँसो संखुवासभाको सिलिचोङ गाउँपालिका–१ वाङलामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट खटिएको प्रहरी नायब निरीक्षक टीकाराम सुनवारको कमाण्डमा रहेको ७ जनाको टोली, प्रहरी चौकी सिसुवाटारको प्रहरी जवानसहितको दुई जनाको टोली र शसस्त्र प्रहरी बलको १० जनाको टोलीले सिलिचुङ गाउँपालिका १ होयाङग्ला भन्ने स्थानमा पुगेका बेला चन्द समूहले हवाई फायर गरेको जनाइएको छ । त्यसलगत्तै प्रहरीले जवाफी फायर गरेपछि चन्द समूहका कार्यकर्ता तितरबितर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिले उक्त स्थानमा काठमाडौंबाट गएको प्रहरी टोलीले सर्च अभियान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्