Logo
Logo

आईफाका लागि पैसा दिने कुरा भएको छैन : सरकारका प्रवक्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ अषाढ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म एकेडेमी (आईफा) का लागि नेपाल सरकारले कुनै रकम विनियोजन नगरेको बताएका छन्।

आईफा नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गरेको खबर सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो। चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘एक अर्ब दिने कुरा कहीँ कतै उल्लेख गरेको छैन। आईफा अवार्ड काठमाडौंमा गर्ने स्वीकृति मात्र दिइएको बताए।

मन्त्री बाँस्कोटाले समारोहको व्यवस्थापनका लागि एक रुपैयाँ पनि नदिएको दाबी गर्दै मन्त्रिपरिषद्को स्वीकृतिको निर्णयलाई पत्रकारले अतिरञ्जित रूपमा प्रस्तुत गरेको आरोप लगाए। उनले निर्णयको पानामा जम्मा एउटा वाक्य छ, ‘आईफा अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने। त्यहाँ एक रुपैयाँ पनि दिने अनुमति छैन।’

उनले स्वीकृति मागेको खण्डमा बलिउडलाई मात्र होइन हलिउडलाई पनि स्वीकृति प्रदान गर्नुपर्ने बताए। मन्त्री बाँस्कोटाले भिजिट नेपाल २०२० का लागि चिनेका अनुहार नेपाल आए राम्रै हुने सोचेर मन्त्रिपरिषद्ले निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्