Logo
Logo

वडाध्यक्षले नै सार्वजनिक जग्गा मिचेपछि…


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । जो अगुवा उही … भने जस्तै छ काठमाडौं महानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहन विष्टको व्यवहार । केही दिन अगाडि धुम्वाराही पिपलबोटबाट नजिक दिपसागर मार्गमा भूमाफियाहरुको जग्गा प्लटिङसम्म ठूलो बाटो पु¥याउनका लागि डोजर लिएर सर्वसाधारणको घर भत्काउन पुगे र भत्काए पनि । वडाबासीहरुले आन्दोलन पनि गरे । तर उल्टै उनले सुमन सायमी लगायतका अभियन्ताहरुलाई प्रहरी चौकामा लगेर थुने । अभियन्ताहरुले महानगरमा न्यायका लागि गुहार मागे । तर, कानून महाशाखाका प्रमुख वसन्त आचार्यले मुद्दा दर्ता गर्न नै मानेनन् । उनीहरु न्यायिक समितिमा पुगे र उजुरी दिए । उपप्रमुख हरिप्रभा खड्गीको टेवलमै उजुरी थन्कियो । न्यायिक समितिका मान्छे भन्छन्, ‘वडा अध्यक्षविरुद्धको उजुरी कसरी हेर्नु ?’

रक्षामन्त्री ईश्वर पोखरेलको सिफारिसमा वडाध्यक्षको टिकट पाएका उनी काठमाडौं महानगरपालिकाका प्रमुखलाई समेत टर्दैनन् । वडाभित्र हुने कुनै पनि कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यलाई उनले बोलाउने गरेका छैनन् ।

विष्टले त्यहाँमात्र होइन धेरै ठाउँमा पदको शक्ति दुरुपयोग गर्दै आफू इतरका व्यक्तिलाई दुख दिँदै आइरहेका छन् । उनले केही महिना अगाडि बाटो विस्तारका नाममा आफ्नो घर जोगाउन पदको दुरुपयोग गर्दै सर्वोच्चको आदेशलाई समेत अटेर गरी मुद्दा परेको बाटोमा दर्जनौ प्रहरीको आडमा डोजर लगाए । अरुको घरमा डोजर लगाउँदै हिड्ने वडा अध्यक्ष विष्टले भने आफैले सार्वजनिक जग्गा हडपेर खाइरहेको बर्षौ भयो । जनप्रतिनिधिको काम सार्वजनिक जग्गाको संरक्षण गर्ने हो, तर वडाध्यक्ष आफैंले सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् ।

अरुको जग्गामा डोजर लगाउने विष्ट भने आफू सार्वजनिक जग्गा मिचेर टहरा बनाएर मासिक भाडा उठाएर खाइरहेका छन् । अनि पार्किङका रुपमा गेट नै बनाएर कब्जा गरिरहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं.४ धुम्वाराही चोकबाट मण्डिखाटार जाने बाटोको पश्चिमतर्फ विष्टको घर रहेको छ भने त्यसको पछाडि करीव १ सय ५० मिटर लामो बाटो रहेको थियो । सोही बाटोलाई विष्टले पदको दुरुपयोग गर्दै कब्जा जमाएका हुन् । धुम्वाराहीबाट रिङरोड छेवैमा रहेको पुरानो बाटो करीव ४ जना जग्गा आफ्नो कम्पाउण्डभित्र राखेर उनले जग्गा हडपेका छन् । प्रचलित मूल्य अनुसार सो जग्गाको मूल्य प्रतिआना ८० लाख पर्ने छ । अहिले करीव ३ करोड भन्दा बढी पर्ने देखिन्छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको सिफारिसमा वडाध्यक्षको टिकट पाएका उनी काठमाडौं महानगरपालिकाका प्रमुखलाई समेत टर्दैनन् । वडाभित्र हुने कुनै पनि कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यलाई उनले बोलाउने गरेका छैनन् ।

अरुको घरमा डोजर लगाउनुभयो आफूले मिचेको सार्वजनिक बाटो कहिले खोल्नुहुन्छ भन्दा उनी भाइले मिचेको भन्दै पन्छिन् । भाइलाई दोष दिएर दूधको साक्षी विरोलो बन्ने वडा अध्यक्षले मालपोत कार्यालय तथा नापी कार्यालयको विवरण अनुसार कित्ता नंं भए पनि १४७ र १४८ कित्ता सार्वजनिक बाटो देखिन्छ । जुन आफ्नै कम्पाउण्डभित्र पारेर कब्जा जमाइरहेका छन् । विगतदेखि नै बाटोको दक्षिणतर्फको मोहडामा पक्की घर निर्माण गरिसकेका उनले वडाध्यक्ष भएको मौकामा सार्वजनिक बाटो आफ्नो बनाउने तयारी गरेपछि स्थानीयले त्यसको विरोध गरे पनि उनी शक्तिको दुरुपयोग गरिरहेका छन् । मालपोत कार्यालयमा उनले जग्गा आफ्नो बनाउन खोजे पनि सफल भने भएका छैनन् ।

विष्टले हडपेको सार्वजनिक बाटोलाई बाटोकै रुपमा कायम गर्नुपर्ने स्थानीयको माग रहेको छ । सो विषयमा प्रश्न गर्दा विष्ट भन्छन्, ‘जसको शक्ति छ उसैले लिन्छ, सक्नुहुन्छ भने आउनु तपाई पनि मिच्नुस् ।’ विष्टको चुनौतीपूर्ण शैलीले यिनले वडाको विकास होइन विनास गरिरहेका छन भन्ने कुरामा दुईमत नै छैन ।

प्रतिक्रिया दिनुहोस्