Logo
Logo

यस्ता उपसचिव मालपोतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा घुस लेनदेनमा गुट उपगुट बनेर अध्यागमन अधिकृत गणेश तामाङ, विकास डंगोल र तुलबहादुर काउछासँग कुरा नमिलेपछि उपसचिव दीपक कोइराला एक महिनाअघि भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भए । भूमिब्यवस्था मन्त्रालयमा सरुवा हुनासाथ उनी भक्तपुर मालपोत कार्यालयको प्रमुखमा सरुवा भएका छन् ।

नेकपा सांसद महेश बस्नेतमार्फत् दबाब दिएर उनी भक्तपुर मालपोतमा सरुवा भएका हुन् । सांसद बस्नेतले उनीबाट आर्थिक लाभ लिएर सरुवा गर्न दबाब दिएपछि अति बदनाम उपसचिव कोइरालालाई सरुवा गर्न भूमिब्यवस्था मन्त्री पद्मा अर्याल बाध्य भएकी थिइन् । मन्त्री अर्यालले भक्तपुरमा अर्कै उपसचिव सरुवा गर्न लागेकी थिइन् । तर सांसद बस्नेतले कोइरालाको नाममा अडान लिएपछि उनी पछि हटेकी थिइन् ।

नेपाली कांग्रेसको नाममा लिनुसम्म लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेका उपसचिव कोइरालाले भक्तपुर मालपोत कार्यालयमा सरुवा भएपछि दैनिक ३ लाख रुपैयाँ घुस मागेर कर्मचारीलाई हैरान पार्दैआएका छन् । जुन सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ । उनले तोकेको घुस नदिने फाँटवालाको फााट नै परिवर्तन गर्ने धम्की दिने गरेको गुनासो कर्मचारीले गर्दैआएका छन् । कार्यालय प्रमुख कोइरालाको घुस आतंकका कारण मातहतका कर्मचारीहरु आजित भएर सरुवा माग्ने मनस्थितिमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्