Logo
Logo

मन्त्रीलाई विवादमा पार्दै प्राधिकरण


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं । दूरसंचार प्राधिकरणले २०७५ मा एमडीएमएस मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको सामान खरिदका लागि गरेको टेन्डरमा सबैभन्दा कम दरमा बोलपत्र पेश गर्ने कम्पनीलाई ठेक्का नदिई दोस्रो नम्बरमा कबोल गर्ने कम्पनीलाई दिनका लागि पत्र काटेको छ । मोविलियन ट्रेड नेपाल÷इन्फ्राडाटा बेल्जियम जेभीले डिभाइस सिष्टमका लागि ७३ करोड रुपैयाँमा टेण्डर हालेको थियो । नमस्ते ग्लोब सिंगापुर÷न्यू मेरा मलेसिया जेभीले ७८ करोडमा बोलपत्र पेश गरेको थियो । प्राधिकरणले न्यू मोविलियनलाई नदिई न्यू मेरा मलेसियालाई दिन पत्र काटेको छ । न्यू मेरा कालोसूचीमा परेको कम्पनी हो । दूरसंचार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले न्यू मेरासँग सेटिङ गरी उसलाई मूल्य घटाउने मौका दिए । तर १ नम्बरको मोविलियनलाई त्यो मौका दिएनन् । जबकि टेण्डरमा आर्थिक प्रस्ताव खोलिसकेपछि एउटा बोलपत्रदातालाई मात्र सहुलियत दिन कानुन विपरीत मानिन्छ । तर यसरी दोस्रो नम्बरको न्यू मेरालाई ठेक्का दिनका लागि आर्थिक प्रस्ताव खोलिसकेपछि मूल्य घटाउने मौका अध्यक्ष खनालले दिए । न्यू मेराले पहिलो नम्बरको मोविलियनकै जति मूल्य घटाउने मौका पाएको छ । र, खनालले उसैलाई ठेक्का दिन सम्झौताका लागि बोलाइसकेका छन् ।

दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लागि गरेको टेण्डरमा १३ वटा कम्पनीले भाग लिएका थिए । १२ वटामा ६ वटा सर्टलिष्टिङमा परे । ६ वटामध्ये मोविलियन र न्यूरो मेराको आर्थिक प्रस्ताव मागियो । आर्थिक प्रस्तावमा मोविलियनले ७३ करोड र न्यू मेराले ७८ करोड कबुल गरेका थिए । तर अध्यक्ष खनालले न्यू मेरालाई कानुन विपरीत सहुलियत दिएर मूल्य घटाउन मौका दिए । तर मोविलियनलाई त्यो मौका दिएनन् । जुन कानुन विपरीत हो ।

यसरी बद्नियतपूर्ण तरिकाले मूल्यांकन गरी कालोसूचीमा परेको न्यू मेरालाई टेन्डर दिनुपर्ने बाध्यतामा आफू परेको खनालले भन्ने गरेका छन् । उनले संचारमन्त्रीतिर दोष पन्छाएर उम्किन खोजेका छन् ।

पहिलो नम्बरकालाई घटाउने मौका दिए । सार्वजनिक खरिद ऐन अनुसार पनि यसरी आर्थिक प्रस्ताव खोलिसकेपछि एउटालाई मात्र सहुलयित दिनु कानुन विपरीत हो । मूल्य थपघट गर्ने मौका कुनै एक कम्पनीलाई मात्र दिनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो ।

मन्त्रीको दबाब छ भन्दै उनले दोस्रो नम्बरको न्यू मेरालाई दिएपछि यो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो राखी गम्भीररुपमा छानबिन सुरु गरेको छ । न्यू मेरा मलेसियामा विवादित र कालोसूचीमा परेको कम्पनी हो ।

यसै सन्दर्भमा दूरसंचार प्राधिकरणमा अध्यक्षका लागि आवेदन मागिएको छ । आवेदन दिनेमा ६ महिना कामु अध्यक्ष भएका पुरुषोत्तम खनाल पनि छन् । खनालले आर्थिक चलखेलमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको ठेक्का बढी दरमा कबोल गर्ने न्यू मेरालाई दिएको आरोप छ । यो ठेक्कामा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गर्ने सम्भावना प्रबल देखिएको छ । यदि उनी अध्यक्ष भए पनि मुद्दा दायर भएपछि निलम्बन हुनेछन् । प्रथमतः उनले बढी दरमा बोलपत्र पेश गर्ने कम्पनीलाई ठेक्का दिने भएका छन् । दोस्रो कालोसूचीमा परेको कम्पनीलाई दिएको बिषयमा पनि अख्तियारले चासोका साथ छानबिन गर्ने भएको छ । यही ठेक्कामा न्यू मेराबाट आकर्षक घुस लिएर त्यही बृुझाएर उनी अध्यक्ष नियुक्त हुने दाउमा छन् । एमडीएस खरिद पक्रियामा सर्टलिस्टिङदेखि नै खनालले बदनियतपूर्वक काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्