Logo
Logo

आईफा अवार्ड रोक्न सरकारलाई संसदीय समितिको निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १८ अषाढ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड ९आइफा० कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ।

उक्त अवार्ड समारोह नेपालमा गर्नु स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पु¥याउने भएको भएकाले रोक्न निर्देशन दिईएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिईन् ।काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आईफा) कार्यक्रमले नेपाल र नेपालीको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पु¥याउने समितिको ठहर गरेको छ ।

अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो। अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो। नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक बसेको छ र महानगरले ४५ करोड दिने समझदारी छ । यद्यपि अरु सम्झौता हुन बाँकी छ ।

सरकारले नै ४५ करोड रुपैयाँ दिने गरी भारतीय अवार्ड गर्न लागेको भन्दै चर्को आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्