Logo
Logo

पूर्व सभासद कार्कीलाई ६ महिना कैद, एक लाख जरिवाना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १८ अषाढ ।

सर्वोच्च अदालतले नेकपाका नेता तथा संविधानसभाका सभासद डिबी कार्कीलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना गरेको छ। मंगलबार न्यायाधीश दीपक कुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले विशेषकै फैसला सदर हुने ठहर गरेको छ।

कार्कीलाई २०६७ फागुनमा विशेष अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना गरेको थियो। सो फैसाला विरुद्ध कार्कीले सर्वोच्चमा पुनरावेदन दिएका थिए।

अख्तियारको टोलीले कार्की र उनका सहयोगी स्वामी ब्रम्हानन्द उदासिनलाई काठमाडौंको भिमसेनगोलास्थित घरैबाट घुसबापत लिएको एक लाखसहित पक्राउ गरेको थियो। पहिलो संविधानसभामा तत्कालीन एमालेका समानुपातिक उम्मेदवार रहेका कार्की वामदेव निकट मानिन्थे।

प्रतिक्रिया दिनुहोस्