Logo
Logo

जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुलको निधन



जनकपुर । धनुषाको जनकनन्दनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल वारिक शेखको गए राति निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित शेखको राति ८ बजेतिर निवासमै निधन भएको परिवारजनले बताएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शेखले पुनः उम्मेदवार बन्ने सोचका साथ अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

तर, कांग्रेसले सुदेश चौधरीलाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । उनको आज बिहान इस्लाम धर्मावलम्बीको परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्