Logo
Logo

के गर्दैछन् एक सातादेखि रुकुमपुर्वमा सभामुख घर्ती ?


- दृष्टि न्युज/संवाददाता


रुकुमपुर्व, १८ असार । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)मा व्यस्त छन् । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर उनी जनगुनासो सुन्दै आएका छन् ।
समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उनले गाउँबाट केन्द्रसम्मका सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जानुपर्ने बताए । सभामुख घर्तीले भने, ‘दुवै पक्ष मिलेर गए मात्र संघीयतालाई सफल पार्न सकिन्छ’, प्रदेश नं ५ को एक मात्र हिमाली र भौगोलिक हिसाबले विकट जिल्ला रुुकम(पूर्व)मा विकासका ढोका खुलिरहेको बताउँदै जनताका गुनासालाई स्थानीय, प्रदेश हुँदै संघ सरकारले पूरा गर्दै जाने बताए ।
हिमाली तथा पहाडी इलाका रहेको जिल्ला रुुकम(पूर्व)मा प्रदेश सरकारले विशेषगरी कृषि, पर्यटन, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा बढी जोड दिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्