Logo
Logo

दीपक मनाङे नेकपामा प्रवेश गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० अषाढ ।

मनाङ प्रदेश सभा क्षेत्र (ख०) बाट चुनाव जितेका प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे) सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्ने भएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई बिहीबार बिहान पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ। स्वतन्त्र उम्मेद्वार राजीवलाई चुनावमा तत्कालीन एमालेले समर्थन गरेको थियो।

चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदबार कर्म गुरुङलाई हराएका थिए। कर्मलेभन्दा उनले ३ सय ९० भोट बढी पाएका थिए।

चुनाव जिते पनि सांसद हुन भने उनलाई सहज भएन। २०७४ मंसिरमा चुनाव जितेका उनी ज्यान मार्ने उद्योगमा संलग्नताको सजायका निम्ति पक्राउ परे। २०७५ साल पुसमा थुनामुक्त भएपछि उनले पुसकै १२ गते वारेसमार्फत सपथको लागि निवेदन दिए। सभामुख नेत्रनाथ अधिकारीले आनाकानी गर्दै रहे। अन्ततः मनाङे आफै प्रदेशसभामा गए र सभामुखसँग लामो संवाद गरे। संवादपछि सभामुख गले अनि उनी चुनाव जितेको १६ महिनापछि सभासद बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्