Logo
Logo

संगीत क्षेत्रमा तीज लाग्यो, ‘हे बुढा…’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार । नेपाली महिलाहरुको पर्व तीज आउन अझै थुप्रै बाँकी छ । तर, नेपाली सांगीतिक क्षेत्रलाई भने तीजको रौनकले छोइसकेको छ । केही दिनयता गायक÷गायिकाहरु तीज गीतको भिडियो निर्माणमा यसरी जुटिसकेका छन् ।
यसैक्रममा अरुको देखासिखी गर्नुहँुदैन भन्ने चेतनामुलक सन्देश समेटिएको तीज गीतको भिडियो निर्माण भएको छ । प्रकाश कँडेलको निर्देशन रहेको भिडियोमा राजेन्द्र बजगाइँ र पार्वती तिमल्सिनाको स्वर रहेको छ ।
‘हे बुढा’ बोलको तीज गीतको छायाँकन फर्पिङ आसपासमा गरिएको छ । गीतमा संगीता घिमिरेको शब्द तथा राजेन्द्र बजगाइँको लय सिर्जना रहेको छ । हाँस्यप्रधान तीज गीतको भिडियोमा श्यामकुमार मिश्रा, सुशीला निरौला, प्रकाश कँडेल, पार्वती तिमल्सिनालगायतको अभिनय रहेको छ । उक्त भिडियोलाई यसै साता सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्