Logo
Logo

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : निधि


- दृष्टि न्युज/संवाददाता


चितवन, १९ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए ।
अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे । निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको समेत दावी गरे । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन ।’ सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्