Logo
Logo

ठमेलको हिमालयन बैंकबाट स्कुटर चोरी गर्ने क्रममा तीन जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ,
ठमेलस्थित हिमालयन बैंक अगाडि पार्किङबाटबा.८७ प २३१३ नम्बरको स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम, ईलाम नगरपालिका(४ घर भएका २३ वर्षीय अरुण श्रेष्ठ, काठमाडौं नयाँबानेश्वर बस्ने संखुवासभा खाँदबारीनगरपालिका १२ घर भएका धिरेन कटुवाल र काठमाडौं महानगरपालिका ३२ तिनकुनेबस्ने २१ वर्षीय अनुप तिवारी रहेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्कुटर चोरी गरी लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्