Logo
Logo

काठमाडौंको गोठाटार र भक्तपुरको सुर्यविनायकमा मुक्तिनाथको शाखा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । शाखा विस्तार अभियानअन्तर्गत मुक्तिनाथ विकास बैंकले काठमाडौं उपत्यकाभित्र दुई शाखा थए गरेको छ । बैंकले एकैसाथ भक्तपुरको सुर्यविनायक र काठमाडौंको गोठाटारमामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।

सुर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरे । सो अवसरमा बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नुपर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, गोठाटार शाखाको उद्घाटन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको र आगामी दिनमा बैंकले स्थानीय संघसंस्थाहरुसँग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन शुभकामना दिए ।

थप दुई शाखासहित बैंकको शाखा संजाल ११९ पुगेको छ । यसबाहेक बैंकका २५ वटा एटिएम संचालनमा छन् भने ग्राहक संख्या ६ लाख छ ।

प्रतिक्रिया दिनुहोस्