Logo
Logo

हावाहुरीपीडितलाई एनआइसी एशियाको २ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसि एशिया बैंकले कैलाली, कञ्चनपुरलगायतका जिल्लामा हावाहुरीपीडित परिवारको पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान गर्ने नीतिअनुसार उक्त सहयोग गरेको जनाएको छ ।

सामाजिक सहयोगको कार्यक्रम अनुसार बैंकले गत जेठको हावाहुरीका कारण कैलाली र कञ्चनपुरका पीडित परिवारको पुनःस्थापनाका लागि धनगढी उप–महानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको जनाएको छ । उक्त सहयोग स्वरुपको चेक बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरेको हो ।

बैंकले हाल मुलुकभर २ सय ८५ शाखा कार्यालयहरु, २ सय ९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ एकाइमार्फत करिब १६ लाख ग्राहकमा बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्