Logo
Logo

संसदीय समितिमा मन्त्री र सभापतिबीच भनाभन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० अषाढ ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिले स्मार्ट लाइसेन्सका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई बोलाएको थियो ।

सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिएका थिए।

सरोकारवालासँग प्रत्यक्ष छलफल गराउनु व्यावहारिक नभएको भन्दै मन्त्रीले दाबी गरेपछि सभापति खड्काले उनीहरूले मन्त्रीसँग आफ्ना गुनासा राख्न पाउनु स्वभाविक भएको बताइन्। तर मन्त्री महासेठले यसलाई ‘नर्म्स’ र सिद्धान्तअनुसार नभएको भनेर ठाडै अस्वीकार गरे।्

समितिमा सहभागी हुन पुगेका विद्युतीय सवारी साधन सञ्चालनको माग गर्दै आएको सुन्दर यातायात प्रालिका प्रतिनिधि पत्रकार बस्ने सिटमा बसे । सुस्त श्रवण भएकाहरुलाई पनि लाइसेन्स दिनुपर्ने माग राख्दै आएका राष्ट्रिय बहिरा महासंघका प्रतिनिधि बैठक कक्षमै प्रवेश गरेनन् ।

मन्त्रीको चेतावनीपछि सरोकारवाला छलफलमा सहभागी हुन पाएनन् ।

प्रतिक्रिया दिनुहोस्