Logo
Logo

सुडान घोटाला प्रकरण: पूर्वआईजीपी रमेशचन्द ठकुरी जेल चलान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० अषाढ ।

 

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी जेल चलान भएका छन् ।

सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका ठकुरी बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् ।

ठकुरीलाई सर्वोच्च अदालतले डिल्लीबजार सदरखोर कारागार चलान गरेको छ।

सुडान घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए। सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

ठकुरीबाहेक चारै जना कैद सजाय भुक्तान गरेर छुटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्