Logo
Logo

पूर्वमन्त्री धमलासहित नेता कार्यकर्ता नेकपा प्रवेश गर्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , २० अषाढ ।

सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट १०० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।

फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आउनुभएका पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपाल नेतृ कल्पना धमलासहित तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी १०० जना नेकपामा प्रवेश गर्ने भएको हुन ।

धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री रहेकी थिईन । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमामा शुक्रबार १० बजे पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी उहाँहरू पार्टी प्रवेश गर्न लागेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

फोरम नेपालसँग नयाँ शक्तिले एकीकरण गर्नु राम्रो हो तर नयाँ शक्ति पार्टी जुन अभियानका लागि गठन भएको थियो, त्यो बाटो छाडेका कारण आफूहरू सो दल छाडेर नेकपामा प्रवेश गर्न लागेको पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्