Logo
Logo

प्रधानमन्त्रीलाई झुठ वोल्न उक्साउने सहयोगीहरु


- दृष्टि न्युज/संवाददाता


प्रधानमन्त्री केपि ओलीले मदन भण्डारीको जन्म दिवश का दिन काठमाण्डौंमा अब धुलो धुँवाको समस्या हटेको र मास्क लगाएर हिँड्नु नपर्ने भाषण गर्नु भएको थियो । यो कुरा यथार्थ भन्दा धेरै टाढाको थियो । यहाँ अझै धुलो धुँवाले गर्दा मास्क लगाएर हिड्न जनता वाध्य छन् । यहाँको धुलो धुँवामा क्यान्सर जस्तो रोग लगाउन सक्ने कणहरु रहेको विज्ञहरुले वताइरहेका छन् । तर प्रधानमन्त्रीले किन यस्तो झुठो कुरा वोल्नु भयो ?

प्रधानमन्त्रीले यस्तो झुठो कुरा यस अघि वैशाख २४ मा प्रतिनिधि सभा वैठकमा पनि वोल्नु भएको थियो । यसवारे यथार्थ कुरा प्रधानमन्त्रीलाइ वताएर वोली सच्याउन लगाउनुको वदला पुनः झुठो कुराको भाषणवाजी गर्नाले प्रधानमन्त्री उपर व्यंग्यको वर्षा भइरहेको छ ।

प्रतिनिधि सभाको विकास समितिको वैठकमा सांसद रंगमति शाहीले प्रधानमन्त्रीलाई आफ्नो स्कुटीको पछाडि वसेर सडकमा धुलो धुँवा कस्तो छ भनि निरिक्षण गर्न र मास्क लाउनु पर्छ पर्दैन भनि थाहा पाउन चुनौति दिनु भयो । प्रधानमन्त्रीको स्वास्थ्यको कारणले यस्तो चुनौति स्वीकार गर्न असजिलो होला । तर प्रधानमन्त्रीलाई अब काठमाण्डौंमा मास्क लगाएर हिँड्न नपर्ने भनि झुठो रिपोर्टींग गर्ने सहयोगी, सल्लाहकार, मन्त्री वा ठुला कर्मचारीहरुलाइ प्रधानमन्त्रीले यथार्थ निरिक्षण गरेर वास्तविकता ल्याउन निर्देशन दिनै पर्ने हुन्छ । एक सांसदको चुनौतिलाइ त्यतिकै वेवास्ता गर्नुको अर्थ प्रधानमन्त्री स्वयमलाई गम्भीर नोक्सान हो ।

प्रधानमन्त्री जस्तोले जनताले प्रंत्यक्ष देखेको विषयमा झुठ कुरा वारम्वार वोल्नुले राज्य सत्तामा रहेका अरुले के गरेका होलान् भनेर बुझ्न सकिने भएको छ । प्रधानमन्त्री या त पत्रपत्रिका, संचार माध्यम तथा सामाजिक संजालवाट पुरै कटेको हुनु पर्दछ, या त आफ्ना सहयोगीले प्रधानमन्त्रीलाइ जनतामा थप वदनाम गराउन जालझेल गर्न थालेको हुन सक्दछ । या त प्रधानमन्त्री आफै झुठो कुरा वोलेर भएपनि जनतालाइ पेलेर जाने मुडमा हुनु पर्दछ ।

यदि प्रधानमन्त्रीलाई यस्तो सतप्रतिशत झुठ वोल्न अरु सहयोगीले उक्साएको वा गलत रिपोर्टींग गरेको हो भने तत्काल उनीहरुमाथि प्रधानमन्त्रीले कारवाही गर्नु पर्दछ । नभए अकवर वादशाहलाई उनका सहयोगीहरुले नांगै राजसभामा उपस्थित गराए जस्तै घटना यहाँ दोहोरिनेछ । यदि प्रधानमन्त्रीले आफुलाई गुमराहमा राख्ने सहयोगीहरुलाई कारवाही नगर्नु भएमा स्वयम् प्रधानमन्त्री मै गम्भीर समस्या रहेछ भन्ने देखिनेछ । यस्तोमा प्रधानमन्त्रीले झुठ वोलेको आरोपमा कारवाही गर्ने ऐन तथा निकाय अहिले नेपालमा नभएकोले यसको उपाय तत्काल केही देखिन्न ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्