Logo
Logo

मदिरामा मात्तिएर डिआईजीलाई गाली गरेपछि एसपीको सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असार ।
प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ । गोरखामा ओमबहादुर अधिकारीलाई खटाइएको छ भने महोत्तरीमा श्यामकृष्ण अधिकारी पुगेका छन्। त्यस्तै बाग्लुङमा नवराज भट्टको सरुवा भएको छ ।


गोरखाका एसपी भोला रावलले केही दिनअघि डिआईजी बिनोद शर्मा घिमिरेलाई मदिरामा लठिएर गाली गरेका थिए । कारबाही स्वरुप उनलाई हटाइएको हो । त्यस्तै महोत्तरीका एसपी ईश्वर कार्कीको एक वर्षको अवधि पुगेको छ । बागलुङका एसपी कृष्णहरी शर्मा पनि केही महिनामै त्यहाँबाट हटाइएका छन् । यसअघि दाङमा हुँदा पनि उनी कारबाहीस्वरुप ६ महिनामै सरुवामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्