
काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ मा बबेन्द्र राई ‘बबि’ विजयी भएका छन् । नेकपा एमालेका बबेन्द्र ७ सय ८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
वडाध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार ११२ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार ३७४ मतसहित पराजित भए ।
बबेन्द्र वडाध्यक्षमा यसअघि पनि नेकपा माओवादी केन्दबाट उम्मेदवार थिए । तर, नेकपा एमालेले नै उनलाई पराजित गरेका थिए । उनी केहि समय अघि मात्रै माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।
अहिले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १, २, ३, ४, ५ र ६ वडाको मतपरिणाम सार्वजनिज भएको छ ।
यस्तो छ पछिल्लो मतपरिणाम













