Logo
Logo

बुद्धको पवित्र जन्मस्थल लुम्बिनी आउँदा अत्यन्तै आनन्द लाग्छ- नरेन्द्र मोदी (भिडियो)



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मेको स्वीकार गरेका छन् । बुद्धपूर्णिमाको अवसरमा गौतम बुद्धको जन्मथलो लुम्बिनी आएका मोदीले बुद्ध नेपालमै जन्मेको स्वीकार गरेका हुन् । पछिल्लो वर्षहरुमा भारतीय पक्षले बुद्ध भारतमा जन्मेको भनिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मेकाे भनेका हुन् ।

बुद्धको जन्मथलो लुम्बिनीको भ्रमण गर्न पाउँदा अत्यन्तै आनन्द महसुस हुने भन्दै सम्बोधानका क्रममा मोदीले भने–

‘मलाई पहिलेदेखि नै वैशाख पूर्णिमाको दिन भगवान बुद्धसँग जोडिएको दिव्यस्थलमा उनीसँग जोडिएको कार्यक्रममा सहभागी हुने अवसर मिल्दै आएको छ । र आज मात्र, भारतका मित्र नेपालमा भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी आउने सौभाग्य मिल्यो । केही समय अगाडि मायादेवी मन्दिरमा दर्शन गर्ने अवसर मिलेको थियो । त्यो पनि मेरो लागि अविश्मरणीय थियो । त्यो जमिन जहाँ भगवान बुद्धले जन्म लिएका थिए, त्यहाँको ऊर्जा, त्यहाँको चेतना अलग्गै छ । मलाई आन्नन्द लाग्छ, आनन्द महसुस हुन्छ ।’

मोदीले हरेपटक नेपाल आउँदा राजनीतिक भ्रमणमा आएजस्तो नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्