Logo
Logo

भक्तपुर केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २१ असार ।

शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।

भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दिउँसो ४ बजेर भूकम्पपछि काठमाडौंबासी सडकमा निस्किएका छन् । भूकम्पको ठूलो धक्का महसुस भएकोले केन्द्रविन्दु राजधानी आसपास नै भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्