Logo
Logo

नेता–कार्यकर्ताले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्छ : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई हिजो बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न अनुरोध गरेका हुन । “पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ । असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले “पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन् गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताए । पार्टीभित्र सबै मिलेर जानुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, ुपार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी सबै एउटै डुङ्गामा सवार छौँ। यो कुरा सबैले मनन गर्नुपर्दछ।ु प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्व आलोचनाको विषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताएका हुन्। संसदीय दलको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफमा प्रधानमन्त्रीले सरकारले सही काम गरिरहेको बताए। उनले कमजोरी भएका भए छलफल गरेर अगाडि बढ्न तयार रहेको पनि बताए।

आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “कतिपय देशहरुले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो,– “हामीले गर्न खोजेको त्यही हो । यसबाट हामीलाई लाभ हुन्छ । देशका निम्ती हितकर भयो भने उसको आयोजना गर्ने भनिएको हो ।”

नेकपाको शनिबार बसेको संसदीय दलको बैठकमा २२ जना सांसदले आफ्ना भनाइ राखेका थिए। दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्