Logo
Logo

कपिलवस्तुका ‘मोस्ट वान्टेड’ नसिम खान पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।

आठ जनाको हत्या गरी फरार भएका कपिलवस्तुका मोस्ट वान्टेड नसिम खान पक्राउ गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले खानलाई काठमाडौबाट पक्राउ गरेको एसपी दीपक रेग्मीले बताए।

२०७४ फागुन ३ मा अपहरणपछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि छ। पछिल्लो १२ वर्षयता उनले सात जनाको हत्या गरेको पुष्टि भएको सिआइबीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले खानलाई पक्राउ गरेको एसपी दीपक रेग्मीले बताएका छन् । २०७४ फागुन ३ मा अपहरणपछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि छ ।

पछिल्लो १२ वर्षयता उनले सात जनाको हत्या गरेको पुष्टि भएको सिआइबीले जनाएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थायी घर भएका उनीमाथि २०६३ यता ८ वटा कर्तव्य ज्यान र डकैतीका मुद्दा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन् । भूमिगत रूपमा बसेर उनले चन्दा असुली गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्