Logo
Logo

तनहुँको आँबुखैरेनी गाउँपालिमा माओवादी विजयी


945
Shares

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान तीन हजार ९४० मत र उपाध्यक्षमा दुर्गा अर्यालले दुई हजार ८४८ मतसहित निर्वाचित भएका हुन् ।

उनीहरूका प्रतिस्पर्धी अध्यक्षमा नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत र उपाध्यक्षमा पवित्रा गौलीले २ हजार १८३ मत प्राप्त गरेकी छन् ।

६ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (एमाले)ले एउटा वडामा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्