Logo
Logo

ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको लागि सहमतिपत्रमा हस्ताक्षर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । गत शुक्रबार आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशबबहादुर रायमाझीले मर्जरका लागि सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा श्री चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनुहुनेछ । सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनुहुनेछ ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्