Logo
Logo

प्राइमले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सहमति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौं कमलपोखरीस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडाँै महानगरपालिका वडा नं.३२ न्यूप्लाजास्थित केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा गत शुक्रबार एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले यसअघि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्तिपश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्