Logo
Logo

प्रस्तावित ४ राजदूतहरूको संसदीय सुनुवाई आज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २३ असार ।

प्रस्तावित चार राजदूतहरुको सुनुवाइ सोमबार हुँदै छ । सुनुवाइका लागि बिहान साढे ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

यसअघि समितिले राजदूतमा प्रस्तावित चार जनाविरुद्ध उजुरीका लागि १० दिनको समय दिएको थियो । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशका लागि डा। वंशिधर मिश्र, कतारका लागि डा। नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेका छन्, तर उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समिति बैठकमा उजुरीउपर छलफल हुने छैन ।

समितिले राजदूतमा सिफारिस भएका चार जनासँग छुट्टाछुट्टै छलफल गर्नेछ । समितिले नाम स्वीकृत गरेपछि अग्रिमोका लागि सरकारले उनीहरुको नाम सम्बन्धित मुलुकमा पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्